बि.पि. राजमार्गकाे सुन्दर बस्तीमा गाडि अनियन्त्रीत भई सडकबाट तल खस्दा ९ घाईते

पनाैती । बि.पि. राजमार्ग सडख खण्डमा सर्लाहीबाट काठमाडौं तर्फ आउँदै गरेको गाडि आफै अनियन्त्रीत भई सडकबाट तल खस्दा ९ जना घाईते भएका छन् ।

काभ्रेकाे पनौती नगरपालिका ५ सुन्दर बस्तीस्थित बि.पि.राजमार्ग सडख खण्डमा सर्लाहीबाट काठमाण्डौं तर्फ आउँदै गरेको बाग्मति प्रदेश ०४-००१ ज ००११ नम्बरकाे ईलेक्टिक गाडि आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ४० मिटर तल खसि दुर्घटना हुदाँ ९ जना (३ महिला र ६ पुरुष) घाईते घई उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएकाे छ ।

प्रहरीले चालक नियन्त्रणमा रहेकाे जनाएकाे छ ।

घाईतेहरुकाे विवरण:
१. जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा.१ बस्ने वर्ष अ.२१ की बिमला खड्का बाँया खुट्टामा चोट, अवस्था मध्यम
२. जिल्ला सिन्धुली कमलामाई न.पा.१५ बस्ने वर्ष अ.२३ की सीता तामाङ बायाँ हातमा चोट, अवश्था सामन्य
३. जिल्ला सिन्धुली कमलामाई न.पा.१५. बस्ने वर्ष अ. ५५ की सोम माया घिसिङ बायाँ हात टाउकोमा चोट, अवस्था मध्यम
४. भारत सितामणी जिल्ला घर भएको वर्ष अ. २८ को सुदन चौधरी दाहिने हात र कम्मरमा चोट, अवस्था मध्यम
५. जिल्ला सिन्धली कमलामाई न.पा.१५, बस्ने वर्ष अ.१८ को गुड्डु चौधरी शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर
६. जिल्ला सिन्धुली तिनपाटन गा.पा.५ बस्ने वर्ष अ.१६ को भुवन परियार शरिरको बिभिन्न भागमा चोट, अवस्था सामान्य
७. जिल्ला सिन्धुली तिनपाटन गा.पा.५ बस्ने वर्ष अ.२० को दिपेश राउत दाहिने खुट्टामा चोट, अवस्था मध्यम
८. जिल्ला सर्लाही कवलासी न.पा.६ बस्ने वर्ष अ.१९ को बिकास साह बाया खुट्टामा चोट, अवस्था सामान्य
९. जिल्ला सर्लाही कवलासी न.पा.६ बस्ने वर्ष अ.२६ को बिजय साह ढाड खुट्टामा चोट, अवस्था सामान्य

यस्तै, चालक जिल्ला सिन्धुली कमलामाई न.पा.२ बस्ने बर्ष अ.३६ को चन्द्र बहादुर भट्टराई शरिरमा भित्रि चोट लागेकाे र अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।