काभ्रेको पाँचखालबाट गाईको मासु सहित ३ जना प्रहरीकाे नियन्त्रणमा

पाँचखाल । काभ्रेकाे पाँचखालबाट प्रहरीले गाईको मासु सहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ ।

पाँचखालन नगरपालिका १ घुमाउने चौर स्थित गाई कटि रहेको छ भन्ने सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चाैकी पाँचखाल बाट खटिएको प्रहरी टोलिले अन्दाजी ८५ के.जि. गाईको मासु सहित ३ जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

प्रहरीले पाँचखाल १ बस्ने वर्ष ३४ को मिन बहादुर तामाङ, पाँचखाल १ बस्ने वर्ष ३० को सन्त बहादुर तामाङ र सिन्धुलि घ्याङलेक गाउँपालिका २ बस्ने वर्ष २७ को अर्जुन लामा थिङलाई नियन्त्रणमा लिएकाे हाे ।

उनीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बनेपामा लगि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएकाे छ ।