काभ्रेको चौरिदेउरालि गाउँपालिकाकाे कर्मचारीको निवासमा आगोलागि

चौरिदेउरालि । काभ्रेको चौरिदेउरालि गाउँपालिकाकाे कर्मचारीको निवासमा आगोलागि भएको छ ।

चौरिदेउरालि ५ रहेकाे ढाडखर्क प्राथमिक विद्यालय धुसेनि स्थित हालकाे गाँउपालिकाको कर्मचारीहरुको निवासमा अचानक बिधुतको तार सर्ट भई आगोलागि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएकाे छ ।

आगोलागिका कारण मानवीय र चौपायकाे क्षति नभएको प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगोलागिका कारण २ वटा कोठा आंशिक रुपमा क्षति भएको छ ।

क्षतिको अन्य विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।