काभ्रे प्रहरीद्वारा ९ किलो गाँजा बरामद, एक पक्राउ

नमोबुद्ध । काभ्रेकाे नमोबुद्धबाट प्रहरीले ९ किलो गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले नमोबुद्धबाट नगरपालिका ९ बस्ने वर्ष १९ को बिश्वास मोक्तानले धुलिखेल नगरपालिका ७ मयुर बसपार्क नजिकै सडक छेउमा बोरामा गाँजा बोकेर हिडिरहेको छ भन्ने सुराकीको आधारमा
लागू औषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलिले मोक्तानलाई ९ किलो गाँजा सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएकाे छ ।
बरामद गरिएकाे गाँजा जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याईएको छ । साे सम्बन्धमा थप अनुसन्धन कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।