दोलालघाटमा ५ वर्षिय बालिकाकाे पोखरीमा डुबेर मृत्यु

दोलालघाट । काभ्रेकाे दोलालघाटमा खेल्ने क्रममा ईन्द्रावति खोला नजिकै रहेको पानी जमेको पोखरीमा डुबेर ५ वर्षिय बालिकाकाे मृत्यु भएकाे छ ।
काभ्रेको धुलिखेल नगरपालिका ६ ईतोल घर भई हाल भुम्लु गाउँपालिका १० दोलालघाट स्थित व्यापार गरि बस्ने बुद्धराम खड्गीको छोरी अन्दाजी वर्ष ५ की रोजिना खड्गी खेल्ने क्रममा ईन्द्रावति खोला नजिकै रहेको पानी जमेको पोखरीमा डुबि अचेत भई धुलिखेल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएकाे छ ।