सञ्चारकर्मी गुरागाईं र बजगाईं सम्मानित
ललितपुर । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा काभ्रेली सञ्चारकर्मी मधुसुधन गुरागाईं र नवराज बजगाईं सम्मानित भएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप सभामुख अप्सरा चापागाईले सञ्चारकर्मीद्बय गुरागाईं र बजगाईलाई सम्मान गरेकी हुन ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १० औं वार्षिक सााधारणको अवसरमा गुरागाईं र बजगाईलाई सम्मान गरिएको हो । पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याए बापत सञ्चारकर्मीद्बयलाई सम्मान गरिएको हाे ।
लामो समयदेखि पत्रकारितामा सक्रिय गुरागाईं र विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय बजगाई पत्रकार महासंघ काभ्रेका सल्लाहकार समेत रहेका छन् ।