समाजसेवी राजन अधिकारीकाे सक्रियतामा खानिखोलाका सोम बहादुर योञ्जनकाे उद्धार

बनेपा । काभ्रेकाे बनेपाबाट खानिखोलाका सोम बहादुर योञ्जनलाई उद्धार गरिएको छ ।

खानिखोला गाउँपालिका १ रङरुङगे बताउने वर्ष ३८ का सोम बहादुर योञ्जनलाई आइतवार बनेपास्थित पुरानाे तरकारी बजारबाट समाजसेवी एवं नेकपा माओवादी केन्द्र खानिखोला गाउँपालिका समितिका सचिव राजन अधिकारीकाे सक्रियतामा उद्धार गरि संरक्षणको लागि मानव कल्याण समाज सेवा घर धुलिखेलमा लगिएकाे हाे ।

समाजसेवी अधिकारीले मुन्द्रे नामले चिनिने सोम बहादुर योञ्जनलाई आवश्यक सबै प्रक्रिया पुर्‍याई मानव कल्याण समाज सेवा घरसम्म पुर्‍याएकाे बताए। मानव कल्याण समाज सेवा घरले बेसहारा, असाहाय, अभिभावकविहिन लगायतका कारण सडकमा आइपुगेका नागरिकहरुको संरक्षण गर्दै आएकाे छ।

सोम बहादुर योञ्जन (मुन्द्रे) करिब २० वर्षदेखि बनेपाकाे पुरानाे तरकारी बजारमा मजदुरी गर्दै आएका थिए । उनी हाल भने बिरामी भई काम गर्न नस्कने र अशक्त अवस्थामा रहेकाले उनलाई उद्धार गरिएकाे हाे। योञ्जनले आफ्नाे परिवारमा काेही नभएकाे र आफु याे अवस्थामा पुगेकाे बताए ।