जिल्ला प्रशासनले गर्यो संचारकर्मीसँग अन्तरक्रिया
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले संचारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।
बुधबार कार्यालयले समग्र शान्ति सुरक्षा, सेवा प्रवाह लगायतका बारेमा जिल्लाका संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेकाे हाे ।
अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रशासन कार्यालय काभ्रेपलानञ्चोकले जनशक्ति र पूर्वाधारको कमी भएता पनि सेवालाई गुणस्तरीय बनाउनतर्फ आफुु केन्द्रीत रहेकाे बताउँदै उनले नागरिकहरुलाई कार्यालयले प्रदान गर्ने सेवालाई गुणस्तरीय बनाउन प्रयत्न गरिरहेको बताईन् ।
प्रमुख जिल्ला अधिकारी शर्माले नागरिकहरुको सेवा पहिलो प्राथमिकतामा राखेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट दैनिक रूपमा करिब ३ सय ५० नागरिकहरुलाई राहदानी, नयाँ र प्रतिलिपी नागरिकताकाे प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वितरण गरिएकाे बताईन् । यसका साथै संघ संस्था दर्ता तथा नविकरण लगायत कार्यालयले प्रदान गरेको सेवाका बारेमा भई रहेका गतिविधिका बारेमा समेत जानकारी दिईन् ।
उनले जिल्ला प्रशासन कार्यालयकाे भवन निर्माणमा आएकाे विवाद समाधान हुँदै सर्वाेच्च अदालतले भवन बनाउने बाटो खोलिदिएकाले साेको पूर्ण पाठ आए लगत्तै निर्माणको कार्य शुरु गरिने बताईन् ।