तुलसा केसी बञ्जाराको स्मृतिमा ७ लाखको अक्षय कोष
पनौती। साविक मल्पी गाविसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लिलाबहादुर केसी बञ्जाराकी बुहारी तुलसा केसी (बुबकुमारी) को स्मृतिमा छात्राबृत्ति अक्षय कोष स्थापना गरिएको छ ।
शनिवार पनौती नगरपालिका वडा नम्बर ८ मा रहेको भालेश्वर माध्यमिक विद्यालयमा ७ लाखको छात्राबृत्ति अक्षय कोष स्थापना गरी सम्झौता गरिएको हाे ।
कोषबाट भालेश्वर विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत १/१ जना गरि जम्मा १० जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष छात्राबृत्ति प्रदान गरिने कोषका संयोजक राजु केसीले बताएका छन् । केही दिनभित्रमा विद्यालयमा कार्यक्रम गरि कोषको रकम हस्तान्तरण गरिने छ भने सो रकम अमेरीकामा रहेका छाेरी दिपा के. सी., छोरा अमिर के.सी. र बुहारी राेशनी के.सी.ले ब्यवस्थापन गरेका हुन् ।
यसैबीच पनौती स्थित इन्द्रेश्वर मन्दिरमा दिपप्रज्वलनसँगै माइती बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई बिहानी खाना खुवाइएको छ । लिलाबहादुर केसीका छोराहरु राजु केसी तथा प्रदिप केसी दम्पतीले उक्त कार्य गरेका हुन् । विहीबार बिहान मन्दिरमा दिप प्रज्वलनपछि पनौतीमा रहेको माहिती बृद्धा आश्रममा रहेका जेष्ठ नागरिकका लागि बिहानी खाना खुवाइएको केसीका जेठा छाेरा प्रदीप केसीले जानकारी दिए ।