बनेपा ९ का वडा अध्यक्ष १५ लाख घुस सहित अख्तियारकाे नियन्त्रणमा

बनेपा । १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्षलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नियन्त्रणमा लिएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ नम्बरको कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मिलनटारका पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।