एसइई २०८० को तालिका सार्वजनिक (तालिकासहित)
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले साेमवार २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आइतवार बसेको बैठकले एसइई परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हाे । तालिका अनुसार २०८० सालको एसइई परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । यस वर्षको परीक्षामा प्रत्यक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । बोर्डले तयार गरेको प्रश्न पत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुने भएको छ ।
कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् ।