ओ एण्ड एम विवादका कारण पनौती नगरपालिकाको १४ औं नगरसभा स्थगित

पनौती । काभ्रेपलाञ्चाेक जिल्लाको पनौती नगरपालिकाको १४ औं नगरसभा स्थगित भएको छ ।

नगरसभा शुरु भएलगत्तै बैठक स्थगित भएकाे थियाे । नगरसभा निर्धारित समयभन्दा करिब ३ घण्टा पछाडि सुरु भएको थियाे ।

बिहिवार बोलाइएको नगरसभामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित नगर प्रमुख रामशरण भण्डारीले सभा संचालनका लागि आवश्यक छलफल गर्न समय नपुकाे भन्दै बैठक शुरु भएलगत्तै स्थगित गरेका हुन् ।

नगर कार्यपालिकाले पारित गरिसकेको पनौती नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा समावेश भएको संगठन संरचना (दरबन्दी तेरिज) सम्बन्धि विवाद नै बैठक स्थगित हुनकाे प्रमुख कारण रहेकाे छ । दरबन्दी तेरिजमा वरिष्ठ प्रशासकीय अधिकृतको पद समावेशका बिषयमा नेकपा एमालेबाट निर्वाचित उपपप्रमुख सहितका जनप्रतिनि र नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुखसहितका जनप्रतिनिधिहरूकाे सहमति हुन नसके कै कारण अघिल्लो नगर सभा पनि स्थगित भएकाे थियाे ।