खराब सहकारीलाई कार्वाही नगरी राम्रा सहकारीहरूलाई बचाउन नसकिने: मन्त्री महर्जन
धुलिखेल । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले खराब सहकारीहरूलाई कार्वाही नगरी राम्रा सहकारीहरूलाई बचाउन नसकिने बताएका छन् ।
जिल्ला सहकारी संघ काभ्रेपलानञ्चोकले आयाेजना गरेकाे सहकारी अर्थव्यवस्था गाेष्ठी २०८० काे बिहिवार धुलिखेलमा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बाेल्दै मन्त्री महर्जनले सहकारीकाे सुरक्षित भविष्य निर्माणकाे लागि आर्थिक पाटाे राम्रो हुनुपर्ने बताएका छन् ।
उनले भने- त्यसकारण सहकारी अभियानलाई अगाडि बढाउनकाे लागि आर्थिक पाटाेलाई बलियाे बनाएर राख्नुपर्छ भन्ने मुख्य कुरा हाे । अहिले जुन किसिमकाे समस्या हामीसंग देखिएकाे छ, त्याे समस्या समाधानकाे लागि बागमती प्रदेश सहकारी मन्त्रालय सधैं चिन्तित छ; कि याे समस्यालाई समाधान गर्न सकिएन भने सहकारी मन्त्रालयकाे पनि अर्थ नरहन सक्छ, त्यसप्रति पनि चिन्तित छाैं । त्यसकारण पनि याे सहकारी अभियानलाई उचाईमा पुर्याउनकाे लागि सहकारीमा देखिएका समस्याबाट मुक्त गराउनकाे लागि पनि आफु हरेक कार्यक्रममा भाग लिने गरेकाे भन्दै उनले आगामी दिनमा याे समस्याबाट मुक्त हुनकाे लागि बागमती प्रदेश सरकारले एैन, संसोधनदेखि निति बनाउने कार्यमा लागिरहेकाे समेत बताए ।
उनले भने, खराब सहकारीहरूलाई कार्वाही नगरीकन राम्रो सहकारीहरूलाई बचाउन र राम्रो सहकारीहरूका साथै निक्षेपकर्ताहरूलाई विश्वास बढाउनकाे लागि कार्वाही जरूरी छ ।
उनले समस्याग्रस्त सहकारी, बदमास सहकारीहरूलाई कार्वाही गर्नकाे लागि क्याबिनेटबाट ३ सदस्यीय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिकाे निर्णय गरेकाे र त्यसलाई आर्थिक रूपमा कर्मचारीदेखि विभिन्न किसिमका व्यवस्था गर्ने प्रक्रियामा छ भन्दै त्याे भएपछि रफतार रूपमा त्याे समितिलाई कार्य गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री महर्जनले थपे- त्याे समितिले कार्य गरिसकेपछि निक्षेपकर्ताहरूलाई राहत हुन्छ कि निक्षेपीत रकम संकटग्रस्त सहकारीबाट रकम फिर्ता हुन्छ । अनि मात्रै हाम्रो सहकारी अभियानलाई अगाडि बढाउन सक्छौं भन्ने विश्वास लिएका छाैं । यसकारण पनि समस्याग्रस्त सहकारीहरू, व्यवस्थापकहरू, संचालकहरू भाग्ने, सम्पर्कबिहिन हुने यावत कारणले गर्दा कठिनाईहरू आएका छन्। त्याे सम्पूर्ण घटनालाई याे समितिले समाधान गर्नेछ भन्ने विश्वासका साथ अगाडि बढाएका छाैं ।
यस्तै, उनले थपे- बागमती प्रदेश सहकारी मन्त्रालयले आफ्नो कार्य क्षेत्रभित्र रहेकाे सहकारीहरूलाई राहत हुनेगरी एैन नियम र आगामी आर्थिक वर्षमा केही बजेट पनि उपलब्ध गराउने प्रतिबद्धता गर्दछु । याे बजेटले उत्पादनसंग जाेडिएका सहकारीहरूलाई राहत मिल्ने र उत्पादनसंग जाेड्नकाे लागि माेटिभेट गर्ने खालकाे कार्यक्रम प्याकेज आउनेछ । विशेषगरी तत्कालै अहिलै एैन र निति बनाएर याे सहकारी अभियानलाई अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।
जिल्ला सहकारी संघकाे आयाेजनामा भएकाे सहकारी अर्थव्यवस्था गाेष्ठी काेअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलानञ्चोककाे व्यवस्थापनमा भएकाे हाे ।
बिहिवार र शुक्रवार दुई दिन चल्ने साे गाेष्ठीमा सहभागी प्रत्येक सहकारी संस्थालाई कर बाहेक ११ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क ताेकीएकाे थियाे ।