बनेपा नगरपालिकाले गर्‍याे अर्धवार्षिक समीक्षा गाेष्ठी

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाकाे बनेपा नगरपालिकाले अर्धवार्षिक समीक्षा गाेष्ठी गरेकाे छ ।

शुक्रवार नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्यक्रमहरूकाे अर्धवार्षिक समीक्षा गाेष्ठी गरेकाे हाे ।

नगरपालिकाबाट सम्पादित योजना तथा कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी संपन्न भएको छ । गोष्ठीमा प्रशासन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, कानुन शाखा, लेखा शाखा, राजश्व शाखा, कृषि शाखा, पशु सेवा शाखा, भूमि व्यवस्थापन शाखा, जिन्सी शाखा लगायतका शाखाहरुले आफ्ना शाखाको वार्षिक योजना र गतिविधिहरु प्रस्तुत गरेका थिए।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाँई, वडा अध्यक्षहरु, शाखा प्रमुख लगायतको उपस्थितीमा आर्थिक वर्ष २०८०/८१ मा सम्पादीत कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा भएको हो ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा बनेपा नगरपालिकाले ३२.४४ प्रतिशत रकम खर्च गरेको छ । चालु तर्फ ३६.५७ र पुँजीगत खर्च २८.२९ प्रतिशत रकम खर्च भएको हो । बनेपा नगरपालिकामा १ अर्ब ४२ करोड ९६ लाख २० हजार बजेट विनियोजन भएकोमा ४६ करोड ३८ लाख ७९ हजार ९ सय २२ रुपैयाँ मात्रै खर्च भएको छ । चालु बजेट ७० करोड, ५९ लाख ८ हजार बजेट रहेकोमा २५ करोड ८१ लाख ७५ हजार ५ सय ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पुँजीगत बजेट ७१ करोड १२ लाख १२ हजार विनियोजन भएकोमा २० करोड ५७ लाख ४ हजार ३ सय ६० रुपैयाँ खर्च भएको छ ।