नक्कली बजार अनुगमनकर्ता बनी ठगि गर्ने बनेपाबाट पक्राउ

बनेपा । काभ्रेपलाञ्चोककाे बनेपाबाट अनुगमन गर्न आएको भनि बताउने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बनेपा नगरपालिका वडा नम्बर ५ घसिला मार्ग स्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भनि बताउने २ जना पुरुष ब्यक्तीहरु संकास्पद लागी प्रहरीलाई खबर प्राप्त भए पश्चात् प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।

गत माघ १२ गते अन्दाजी १२ बजेको समयमा बनेपा ५ घसिला मार्ग स्थित रहेका बेकरी पसलहरुमा आई आफुहरू उपभोक्ता हित संरक्षण मञ्चबाट अनुगमनको लागी आएको बताई पसलको दर्ता प्रमाणपत्र र नम्बर, खाद्यको प्रमाणपत्र मागेकोमा मोबाईलमा देखाउँदा पसलमा किन नराखेको तपाईलाई कारबाही हुन्छ, तपाईको पसल सिल गरिदिन्छु भनि डर देखाई मिलाउने भए १५ हजार रुपैयाँ लाग्छ भनि मागेकोमा गल्ति गरेको छैन दिन सकिदैन भन्दा ल ठिकै छ १० हजार रुपैयाँ दिनु कुरा मिल्छ नत्र तपाईलाई अप्ठ्यारो पर्ला भनि डर देखाई नगद १० हजार रुपैयाँ लिइ गएकोमा पुन फागुन ९ गते (हिजाे) निज व्यक्तीहरु बेकरी पसल अनुगमन गर्न भनि अर्को बेकरीमा प्रबेश गरेको देखि प्रहरीलाई खबर गरेपश्चात ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिई गई निजहरुलाई कानुनी रितपुर्वक खानतलासी गरी जरुरी पक्राउ पुर्जी दिई अनुसन्धानको निम्ती कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलानञ्चोकले बताएकाे छ ।

प्रहरीले भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ वस्ने लक्ष्मी प्रसाद न्यैपानेको छोरा वर्ष ५० को वासुदेव न्यैपाने र काठमाण्डौं महानगरपालिका वडा नम्बर २९ घर भइ हाल भक्तपुर सुर्यबिनायक ७ बस्ने लक्ष्मी नारायण पोखरेलको छोरा वर्ष ५२ को रोशन पोखरेललाई पक्राउ गरेकाे हाे । प्रहरीले उपभोक्ता मञ्च नेपाल संस्थाको नाम लेखी बनाईएका निजहरुका नामका परिचय पत्र थान २, नोकिया कि प्याड मोबाईल थान १, ईनटेक्स स्क्रिन टच माेबाईल थान १, सयामसुङ स्क्रिन टच माेबाईल थान १ र नगद ३ हजार ५ सय रुपैया बरामद गरेकाे छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका संकितहरु उक्त संरक्षण मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको तथा निजहरूको साथमा रहेको परिचयपत्र समेत नक्कली रहेको खुल्न आएकोले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ बिपरित ठगी कसुर गरेको देखिएको हुँदा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिन म्याद अनुमती लिई विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

साथै, प्रहरीले निज व्यक्तीहरुबाट अरु कोही पसलेहरू समेत ठगिएकाे भए तत्काल ईलाका प्रहरी कार्यालय बनेपामा सम्पर्क गर्न भनेकाे छ ।