५ बुंदे सहमति पश्चात् जिसस प्रमुख गौतमले तोडे आमरण अनशन
खावा । हिजाे दिउसाेबाट आमरण अनशनमा बसेका जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले सम्बन्धित पक्षसंगकाे ५ बुंदे सहमति पश्चात् शनिवार (आज) आमरण अनशन तोडेका छन् ।
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक निर्माण कार्यमा भएको ढिलाइको अन्त्यका लागि धुलिखेल खावा रोडमा आमरण अनशन बसेका जिसस प्रमुख गाैतमले निर्माण व्यवसायी, सडक डिभिजन कार्यालय भक्तपुर र धुलिखेल नगरपालिका वडा नम्बर ८ र पांचखाल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षकाे रोहवरमा प्रमुख जिल्ला अधिकारि, जिल्ला सुरक्षा निकाय प्रमुखहरुको संयुत्त उपस्थितमा १९ धण्टा पछि आमरण अनशन तनेडेका हुन् ।
यस्ता छन् ५ बुंदे सहमति:
१. सहमतिको पहिलो बुँदामा फागुन १५ गतेसम्म कम्तीमा १०० जना जनशक्ति, ४ वटा एक्साभेटर, ७ वटा टिपर लगायत अन्य आवश्यक निर्माण सामग्री साइटमा परिचालन गरि निर्माण कार्यलाई द्रुत गतिमा अगाडी बढाउने ।
२. दोस्रो नम्बरमा ३ दिनभित्र इक्यूपमेन्ट उपलब्ध गराई निर्माण कार्य द्रुत गतिमा नगरिए सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने, ठेक्का तोड्न निर्माण ब्यवसायको पनि सहमति रहने, ठेक्का तोडिएपछि निर्माण ब्यवसायी कहि कतै उजुरबाजुरमा नजाने ।
३. तेस्रो नम्बरमा निर्माण कार्य शुरु भएपछि आवश्यकता अनुसार चाहिने ईक्युपमेन्टहरु थपेर धुलिखेलदेखि २ किलोमिटर सडक चैत १९ गतेभित्र निर्माण ब्यवसायीले कालोपत्रे गरि सम्पन्न गर्ने, बाँकी निर्माण कार्य त्यसपश्चात तत्काल शुरु गर्ने ।
४. चौथो नम्बरमा काम सूचारु भएपछि निर्माण कार्यको गति, प्रगति सन्तोषजनक नभएको खण्डमा सडक डिभिजन कार्यालय भक्तपुरले जुनसुकै बेलापनि ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने ।
५. पाँचौ नम्बरमा सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण ब्यवसायी गौरी पार्वती निर्माण सेवा प्रा.लिकोवीचमा भएको सहमतिमा सहमत भई आज मिति २०८०/११/११ गतेबाट जिल्ला समन्वय समितिका प्रमुखले सुरु गरेको आमरण अनसन अन्त्य गर्ने सहमत हुनुभएको ।