फोनिज काभ्रेले बुझायाे महासघंलाई स्मरणपत्र
बनेपा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) काभ्रेपलाञ्चोक जिल्ला समितिले नेपाल पत्रकार महासंघ केन्द्रलाई पत्रकार महासंघ काभ्रे शाखामार्फत स्मरणपत्र बुझाएकाे छ ।
फोनिजले मंगलवार नेपाल पत्रकार महासघंको गलत इतिहास सच्याउन र तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासघं (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् भन्दै श्रेष्ठलाई महासघंको संस्थापक अध्यक्ष कायम गर्न स्मरणपत्र बुझाएकाे हाे ।
फोनिजले यसअघि पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाईसकेकाे छ । फाेनिजले ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासघंकाे संस्थापक अध्यक्ष कायम गर्न माग समेत गरेकाे छ ।
साथै, ७ दिनभित्र माग पूरा नभए नेपाल पत्रकार महासघंका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन ता्लाबन्दी गर्ने फाेनिजले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।