ज्योती मिर्मिरेकाे ११ औं एकिकरण दिवसमा ३ सय ६६ सम्मानित

पनौती । काभ्रेपलाञ्चोक जिल्लाकाे पनौतीमा रहेकाे ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. ले ११ औं एकिकरण दिवस मनाएकाे छ ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएकाे एकिकरण दिवसमा संस्थाले ११ औ एकिकरण दिवसकाे अवसरमा १ सय ७४ जेष्ठ सदस्यलाई भत्ता र ३ सय ६६ जना सदस्यलाई सम्मान गरेकाे छ । साथै, संस्थाले सेवा केन्द्रहरु र केन्द्रिय कार्यालयमा समेत गरी ३ सय ६६ जना जेष्ठ सदस्य, १४ अपाङ्गता सदस्य, ४ जना एसईई उत्कृष्ट विद्यार्थी, उत्कृष्ट बचतकर्ता, ऋणी, उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भण्डारीले सहकारीले इतिहास, वर्तमान र भविष्यसम्मलाई जोडेर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बताउँदै नगर प्रमुख भण्डारीले केहि सहकारी संस्थाहरुले गरेका कृयाकलापका कारण समग्र सहकारीहरुलाई हेर्ने दृष्टिकोण नै फरक भएको बताएका छन् । सदस्यहरु प्रलोभनमा भन्दा पनि नीति नियममा चलेका सहकारीहरुलाई विश्वास गर्नु पर्ने उनकाे भनाई थियाे ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेश सहकारीका संचालक ठाकुर बास्कोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव विकास बादेलगायतले सहकारीकाे योगदान बारे बाेलेका थिए । संस्थाले ७५ वर्ष नाघेका १ सय ७४ जना जेष्ठ सदस्यहरुलाई पेन्सन सुविधा उपलब्ध गराईएको बताएकाे थियाे ।

रोशी, बेथानञ्चोक, कुशादेवी, जन्मज्योती, बनेपा, ज्यालाचिटी र ठाडोबाटोमा सेवा केन्द्र रहेकाे ज्योती मिर्मिरे सामुहिक सहकारीकाे १ अर्ब १७ करोड ३० लाख १६ हजार ३ सय १९ रुपैया वासलात रहेको र १७ हजार १ सय ४४ जना सदस्य रहेका छन् ।