पाँचखालमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

पाँचखाल । काभ्रेपलाञ्चोक जिल्लाकाे पाँचखालमा प्रहरीले घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेकाे छ ।

पाँचखाल नगरपालिका ४ अरनिको राजमार्ग स्थित लामिडाँडामा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकिङ्ग गर्ने क्रममा बा.प्र. ०१-००४ क १५४६ नम्बरको आईचरमा चेकजाँच गर्दा अवैध रुपमा लैजान लागेको १५ बट्टा कार्टुन भित्र १२ सय वटा घरेलु मदिरा बनाउने कच्चा पदार्थ (मर्चा ) आईतवार जिल्ला समन्वय समितिका सदस्य तथा पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा सदस्य निर बहादुर लामा, समाजसेवी, बुद्धिजिवीहरु लगायतको रोहबरमा नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएकाे छ ।

मर्चा नियन्त्रणमा लिइ नष्ट गरिएकाे प्रहरीले  जनाएकाे छ ।