पूर्वप्रधानमन्त्री नेपालकाे उपस्थितिमा एकीकृत समाजवादी काभ्रेकाे सपथ ग्रहण

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।

बनेपा स्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अधिवेशनबाट निर्वाचित पदाकारी तथा सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

साेमवार१० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूकाे सपथ ग्रहण सााराेहमा बाेल्दै अध्यक्ष नेपालले नेपालकाे राजनितीमा एकीकृत समाजवादी पार्टीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाे बताएका छन् । कार्यक्रममा बाेल्दै उनले पार्टी संगठनलाई बलियो बनाउन जनताको मुद्दामा केन्द्रीत हुन नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई आग्रह गर्दै मजबुद संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । तत्काल पार्टी एकता कोहीसँग नहुने उनकाे भनाई थियाे । साथै, उनले सबै कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने र त्यसका लागि नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) वीच कुरा चलिरहेकाे समेत बताएका छन् ।

यही चैत ३ र ४ गते सम्पन्न १० औँ अधिवेशनबाट बसुन्धरा हुमागाईकाे अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित भएकाे थियाे । अध्यक्ष हुमागाई निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा रघुवर चौ प्रधान र पासाङ ढोल्मु लामा निर्वाचित भएका थिए । यस्तै, सचिवमा गोकुल गौतम निर्विरोध निर्वाचित भएका थिए भने उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण बहादुर तामाङ निर्वाचित भएका थिए ।

साेमवार नै सपथ ग्रहण सााराेह समापन पश्चात् प्रथम पूर्ण बैठक समेत बसेकाे छ ।