८३ वर्षीया महिलाको हत्या गर्ने युवक पक्राउ
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका १३ मा ८३ वर्षीया महिलाको हत्या गर्ने अभियुक्त प्रहरीले पक्राउ गरेकाे छ ।
बनेपा १३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा एक्लै डेराकोठा लिई बस्ने वर्ष ८३ की लक्ष्मी तामाङलाई आफ्नै डेराकोठामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपामा विहीवार आयाेजित पत्रकार सम्मेलनमा जनाइएकाे छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक जिल्लाकाे धुलिखेल ९ घर भई बनेपा १३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोहि घरमा डेरा गरी बसेका सुनसरी जिल्ला धरान उमहानगरपालिका वडा नम्वर ८ मा घर भएका २९ वर्षिय युवक अभिषेक आचार्जुले हत्या गरेको खुलेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले आचार्जुले महिलाको कानमा लगाएका सुनका रिङ लुटेर भागेकाे बताएका छन् । कानमा लगाएका दुईवटा रिङ लुटेर ब्यक्तिगत खर्च चलाउने उदेश्यले एउटै घरमा भाडामा बसेकी ८३ बर्षिया लक्ष्मी तामाङको हत्या अभियोगमा आचार्जुलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरी विहीवार सार्वजनिक गरेको हाे । डिएस्पी सुवेदीका अनुसार गत फागुन १७ गते विहान हत्या गरी भागेका आचार्जु चैत्र १३ गते पक्राउ परेका हुन् ।
फागुन १७ गते विहान लक्ष्मी तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएकाे प्रहरीले बताएका छ । लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैया लिएका थिए । उक्त रकमबाट अभिषेकले साथिहरुलाई तिर्नु पर्ने केहि रकम तिरेको बयान दिएका छन् । डिएस्पी सुवेदीका अनुसार धुलिखेल ९ घर भएकी लक्ष्मी विगत एक वर्ष देखि बसन्त श्रेष्ठको घरको भुई तल्लामा भाढामा बस्दै आएकी थिईन् । उनले अन्य समयमा पनि लक्ष्मीसँग ति युवाले रातको समयमा पानी माग्ने, खाने कुरा माग्ने र नदिए धम्क्याउने गरेको सोहि घरमा डेरामा बसेकाहरुले प्रहरीलाई जानकारी गराएका थिए । फागुन १७ गते विहानै लक्ष्मीकाे हत्या भए पनि लक्ष्मीको शव भने फागुन १८ गते मात्रै फेला परेको थियो ।
दुई दिनसम्म लक्ष्मीलाई नदेखेको र अझ ढोका समेत भित्रैबाट लगाएको देखे पछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । लक्ष्मीकाे हत्या पछि पछि भने ती युवक कोठामा आउन छाडेकाे प्रहरीकाे बताएकाे छ।
प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेकाे बताएकाे छ । उक्त युवक लागू औषध सेवनकर्ता रहेको र घर परिवारबाट अगल बस्ने गरेको समेत डिएस्पी सुवेदीले बताए ।