रोशीकाे पिप्सेगैरा सामुदायिक वनमा आगाेलागी

डाँडागाउ । काभ्रेपलाञ्चाेक जिल्लाकाे रोशीकाे पिप्सेगैरा सामुदायिक वनमा लागेको आगाे एक्कासि कुल बहादुर ईस्लामी मगरकाे घरमा सल्किन गई आगोलागी हुँदा २३ वटा बाख्रा र घर छेउमा रहेको १ वटा बंगुर समेत जलि मृत्यु भएको छ ।

रोशी गाँउपालिका ४ डाँडागाउ स्थित पिप्सेगैरा सामुदायिक वनमा लागेको आगो सोही स्थान बस्ने वर्ष ४१ को कुल बहादुर ईस्लामी मगरको ढुंगा माटो र जस्ताले छाएको २ तले कच्चि घरमा एक्कासि आगो सल्किन गई घर सगै जोडिएको बाख्रा बाध्ने गोठमा समेत आगोलागी हुँदा २३ वटा बाख्रा र घर छेउमा रहेको १ वटा बंगुर समेत जलि मृत्यु भएको हाे । साथै, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, २ तोला बाराबरको सुनको गहना र नगद ५५ हजार समेत जली घर र बाख्राको गोठ पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार मानविय क्षेती नभएको र अन्य क्षेतीको विबरण खुल्न बाँकी रहेको छ ।

स्थानिय र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भई रहेको छ ।