सिविककाे सञ्चारकर्मीसँग अन्तरक्रिया
धुलिखेल । विकासका लागि नागरिक मञ्च (सिविक फोरम) काभ्रेपलाञ्चोकले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेकाे छ ।
सिविकले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बारेमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेकाे हाे ।
सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्वीस सरकारवीचको द्विपक्षीय सम्झौता बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा संचालित साे कार्यक्रम स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालकाे प्राविधिक सहयोगमा संचिलित छ ।
बिहिवार सिविक फोरमले धुलिखेलमा अन्तरक्रिया गर्दै काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र ( सूचना केन्द्र) संचालन तथा धुलिखेल नगरपालिकामा समुदाय सचेतिकरणका कार्यक्रमहरु, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन धुलिखेल नगरपालिकाको नेतृत्वमा सिविक फोरमको सहजीकरणमा भइरहेको छ । सामी कार्यक्रम अन्तर्गत वैदेशिक राेजगारमा जानेहरूलाई १२ घण्टाकाे अभिमुखिकरण कार्यक्रम दिने गरेकाे छ ।
सामी परियाेजना अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाकाे धुलिखेल र मण्डनदेउपुर नगरपालिकाका साथै राेशी र भुम्लु गाँउपालिकामा कार्यक्रम संचालन भएकाे छ ।
वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेको कामदार, वैदेशिक रोजगारबाट फर्केको कामदार, वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु सामी कार्यक्रमको लक्षित सेवाग्राही रहेकाे कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले बताए ।
याे आठ महिनामा (श्रावण-फागुन) काभ्रेपलाञ्चोक जिल्लाबाट १० हजार ८ सय १३ जनालाई परामर्श दिईएकाे कुँवरले बताएका छन् ।