निबन्ध प्रतियाेगितामा प्रथम हुनेलाई ५१ हजार पुरस्कार
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा रहेकाे सामाजिक जागरण मञ्चले खुल्ला निबन्ध प्रतियाेगिता २०८१ गर्ने भएकाे छ ।
मानव समुदायलाई जागरुक र चेतनशील बनाई असल र उन्नत जिवनयापन गर्न सघाउ पुर्याउने उद्देश्यले २०५९ सालमा तत्कालीन वडा नम्बर ७ धुलिखेल नगरपालिकामा स्थापना भएकाे सामाजिक जागरण मञ्चले मगंलवार बनेपामा पत्रकार सम्मेलन गर्दै ‘हिजो, आज र भोलिको धुलिखेल’ शिर्षकमा आयाेजना हुन लागेकाे खुल्ला निबन्ध प्रतियोगिताबारे जानकारी दिदैं प्रथम हुनेलाई नगद ५१ हजार पुरस्कार दिने बताएकाे हाे ।
कृष्ण सुन्दर थापाकाे संयाेजकत्वमा देवकृष्ण श्रेष्ठ, रामगाेपाल घले, विदुर बस्नेत र दयाराम महत सदस्य रहेकाे निबन्ध प्रतियाेगिता आयाेजक समिति गठन गरेकाे संस्थाका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।
प्रतियाेगिता सम्बन्धि अन्य जानकारी:
प्रतियोगिताको उद्देश्यः
समाजमा रहनु भएका बौद्धिक वर्गहरुलाई एउटै थलो र विषयमा समावेश गरी खुल्ला प्रतियोगिता मार्फत निबन्ध लेखन आयोजना गरी काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम तथा पर्यटकीय नगरी धुलिखेल नगर पालिकाको विगत, वर्तमान र भविष्यको सेरोफेरोमा रही लेखहरु तयार गरी आगामी दिनको लागि एउटा दस्तावेजको रुपमा राख्न सहयोग गर्ने ।
प्रतियोगिताको लक्ष्यः
खुल्ला निवन्ध प्रतियोगिता मार्फत बौद्धिक वर्गमा रहेका विचारहरुलाई लेखनमार्फत विगतमा रहेको अवस्थालाई मनन गर्दै वर्तमानमा भई गरेको कार्यबाट थप शिक्षा लिंदै आगामी दिनमा स्वस्थ, सुन्दर र रमणीय धुलिखेलको परिकल्पना सहित विकास निर्माणको खाका तयार पारी सम्वन्धित निकायलाई टेवा पुर्याउने ।
लाभान्वित समुदायः
निबन्ध लेखनमार्फत प्राप्त हुने संभावना सहितको कार्यदिशा, परिकल्पना मार्फत धुलिखेलको निर्माण गर्न सकिएको अवस्थामा पहिलो लाभान्वित धुलिखेल नगरबासी नै रहने कुरामा दुईमत छैन । साथै यसको अलावा यस धुलिखेललाई हेरेर देशका अन्य स्थानका वासिन्दाहरुले पनि आफ्नो क्षेत्रको विकास कार्यलाई नमुनाको रुपमा लिई लाभान्वित हुन सक्नेछन् ।
निबन्ध लेखन सम्बन्धी नियमहरुः
•निबन्धको शीर्षकः ‘हिजो, आज र भोलिको धुलिखेल’ रहनेछ ।
• निबन्धको शब्दः निर्धारित शीर्षकभित्र रही ५,००० शब्दमा नबढाई लेख्नु पर्नेछ ।
• निबन्ध संकलनः लेखकले संस्थाको Email: sajamunch@gmail.com मा pdf फाईलमा निवन्ध पठाउनु पर्नेछ ।
• शब्द छनौटः निबन्ध लेखनमा शब्द छनौट गर्दा कुनै पनि धर्म, भाषा, जातजाति, समुदाय, व्यक्ति, राजनैतिक दललाई लक्षित गरी अपाच्य एवं आघात पर्ने किसिमका शब्दहरुको प्रयोग गर्न पाइने छैन ।
• निबन्ध आइपुग्नु पर्ने मितिः मिति २०८१ असार १५ गते भित्र संस्थाको इमेलमा आइपुग्नु पर्नेछ ।
• निर्णायक समितिः आयोजकले ३ सदस्यीय निर्णायक समिति गठन गरी छनौटको सम्पूर्ण जिम्मेवारी प्रदान गरिनेछ ।
• नतिजा घोषणाः प्राप्त निबन्धहरु मध्ये निर्णायकहरुबाट छनौट भई प्रतियोगितामा प्रमथ, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गरी विजयी हुनेहरुको नामावली मिति २०८१ असार २९ गते विशेष कार्यक्रमको आयोजना गरी घोषणाका साथै पुरस्कार वितरण गरिनेछ ।
• पुस्तक प्रकाशनः प्रतियोगितामा पुरस्कार प्राप्त गर्ने तथा अन्य स्तरीय निबन्धहरुलाई संकलन गरी पुस्तकको रुपमा प्रकाशित गरिनेछ ।
• अधिकारः निबन्ध छनौट, प्रकाशन, विक्री वितरण सम्बन्धी सम्पूर्ण अधिकार आयोजक संस्थामा रहनेछ ।
पुरस्कारको व्यवस्थाः
निबन्ध लेखन प्रतियोगितामा थप हौसला प्रदान गर्न तपसिल अनुसार पुरस्कारको व्यवस्था गरिएको छ ।
• प्रथम पुरस्कारः नगद ५१ हजार रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो ।
• दिद्धिय पुरस्कारः नगद ३५ हजार रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो ।
• दिद्धिय पुरस्कारः नगद ३५ हजार रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो ।
• तृतिय पुरस्कारः नगद २१ हजार रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो ।
• सान्त्वना पुरस्कार (२ जनालाई): जनही ५ हजार ५ सय रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो ।
प्रतियाेगितामा सहभागी हुनलाई कुनै शुल्क नलाग्ने बताइएकाे छ ।