भोछिभोयाकाे १३ प्रतिबद्धता र ५ अल्पकालिन एजेण्डासहित उम्मेदवारी घाेषणा
बनेपा । काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारणसभा तथा अधिवेशनको लागि वसन्त नारायण भोछिभोयाले आफ्नो उम्मेदवारी घाेषणा गरेका छन् ।
शुक्रवार बनेपामा पत्रकार सम्मेलन गर्दै भोछिभोयाले भाेली शनिवार हुने संघकाे अधिवेशनमा आफु अध्यक्षकाे उम्मेदवार रहेकाे घाेषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बाेल्दै भोछिभोयाले व्यवसायिक अवसरहरूको विस्तार, नयाँ उद्योग स्थापना, साना व्यवसायलाई प्रोत्साहन र नयाँ व्यवसायलाई लगानी अवसरहरू सिर्जना गर्ने, प्रशिक्षण र विकासका कार्यक्रमहरुका लागि उद्यमशीलता विकास, व्यवसायिक व्यवस्थापन, वित्तीय योजना र आधुनिक प्रविधिको प्रयोगमा तालिम प्रदान गर्ने तथा स्थानीय उत्पादनको बजार खोज्ने, निर्यातको सम्भावना अध्ययन गर्ने र व्यवसायलाई नयाँ बजारहरूमा प्रवेश गराउन सहयोग गर्ने, व्यवसायीहरूको हक र अधिकारको संरक्षण गर्न तीनै तहको सरकार सँग समन्वय तथा व्यवसाय मैत्री नीति निर्माणमा जोड दिने बताए ।
उनले व्यवसायीहरुको समस्याहरू सुन्ने र समाधान गर्ने, नयाँ प्रविधिहरूको प्रयोगलाई प्रोत्साहन गर्ने तथा व्यवसायिक विकासका लागि अनुसन्धान गर्ने, नयाँ प्रवृत्तिहरू अध्ययन गर्ने र सम्भावनाहरू पहिचान गर्ने कार्यको लागि प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले पत्रकार सम्मेलनमा २०७२ सालको भुकम्प तथा विश्व महामारीको रुपमा फैलिएको कोरोनाबाट भर्खरै उठ्दै गरेको व्यापार र अर्थतन्त्रमा केहि सुधार ल्याउनुपर्छ भन्ने ध्येयले आफुले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
भोछिभोयाका १३ बुदे प्रतिबद्धता:
१. भ्याट विभिन्न व्यवासायीक करलाई सहज र सरलिकृत गर्न ।
२. ब्यवसायी साना हुन वा ठूला सबैलाई भ्याट बोझ होइन जिम्मेवारी हो भन्ने महशुस गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँगको समन्वयमा संस्थागत कार्य गर्न र गराउन ।
३. चार “स” लागु गर्न ।
क) समय: उद्योग बाणिज्य संघका सम्पूर्ण कार्यक्रमहरू बार्षिक क्यालेण्डर निर्माण गरी सो अनुसार कार्यान्वयन गर्न गराउन ।
ख) साझेदारी: हरेक कार्यक्रम, योजना, लक्ष्य र उदेश्य अनुरुप सम्बिन्धित निकाय वा संघ संस्थाहरूसँग साझेदारी कार्यक्रम सञ्चालन गर्न गराउन ।
ग) सहकार्यः स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्यमा नीतिगत छलफल र कार्यक्रम सञ्चालन गर्न गराउन ।
घ) सर्तकताः ब्यवसायीले अपनाउनुपर्ने आर्थिक, नैतिक र कानुनी सर्तकताका लागि सजगताका साथ रणनैतिक नीति लागु गर्न गराउन ।
४. ब्यवसायमा अनेकता, ब्यवसायी बिच एकता कायम गर्न ।
५. समूचित पार्किङको ब्यवस्थापन, झल्काऔं ब्यवसायीकपन, यो उद्देश्यमा सबै ब्यवसायीलाई समाहित गर्न ।
६. बनाऔं ब्यवसायीक एकता, गरौं आर्थिक उपार्जन भन्ने नारा पुरा गर्न ।
७. “ब्यापार निरन्तरताको पहरेदार, बैंक हाम्रो साझेदार” अभियान सञ्चालन गर्न ।
८. “कर कर मात्रै नभई व्यवसायीक सफलता प्राप्तिका निमित्त भर” पनि बनोस भनि समयसापेक्ष करका दरहरू हेरफेरमा सहजीकरण गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने ।
९. यातायात ब्यवस्थित र मर्यादित बनाएर सञ्चालन गर्न सरोकारवालाहरूसँग समन्वय गर्न ।
१०.“आरामदायी बसाई स्वस्थकर खाना, पुर्तिभई चाहना बन्ने छ यहिँ बस्ने बहाना” । पर्यटन प्रबर्द्धन गरी जिल्ला र नगरको आर्थिक उपार्जनको बाताबरण निर्माण गर्न ।
११. कृषिको ब्यवसायीकरण, आधुनिकीककरण, यान्त्रिकिकरण गरी युवा मैत्री वाताबरणमा आय आर्जन र रोजगारी बृद्धि गर्न ।
१२. व्यवसायिक प्रवर्द्धनको लागि पालिका स्तरीय उद्योग वाणिज्य संघ स्थापना गरि केन्द्रसँग समन्वय गर्न मातृत्व भुमिका निर्वाह गर्ने ।
१३. अन्तर्राष्ट्रिय दौत्य सम्बन्ध कायम गरि उद्योगी तथा व्यवसायको प्रवर्द्धन गर्ने ।
भोछिभोयाका अल्पकालिन कार्यमुलक एजेण्डा:
१. स्थानिय करमा समय सापेक्ष छुट गराउन ।
२. इभ्याट, ट्याक्स का बिषयमा ब्यवसायीहरुलाई न्युनतम बार्षिक १ पटक अनुशिक्षण कार्यक्रम
सञ्चालन ।
३. बजार अनुगमनका क्रममा देखिएको प्रशासनिक एकोहोरो हस्तक्षेप बन्द गरी ब्यवस्थित गर्न ।
४. काभ्रे उद्योग बाणिज्य संघको क्षेत्रगत स्थानहरूमा बार्षिक न्युनतम ३ वटा कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गरी नव उद्यमीहरुलाई ब्यवसायमा आकर्षित गर्न ।
५. नाप तौल, रात्रीकालिन बजार, सडक ब्यापार, होलसेल, मेला, महोत्सव, आदी सञ्चालन र प्रभावकारी बनाउन ।
भोछिभोया २०६५ मा कार्यसमिति सदस्यको रुपमा काभ्रे उद्योग बाणिज्य संघमा प्रवेश गरेर मेला सह संयोजक, मुख्य संयोजक, कोषाध्यक्ष, उपाध्यक्ष समेत भइसकेका छन् भने अघिल्लो निर्वाचनमा अध्यक्षको उम्मेदवार भएर पराजित भएका थिए ।