काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा वैद्य निर्वाचित
बनेपा । काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशनबाट अध्यक्षमा प्रताप वैद्य निर्वाचित भएका छन् । वैद्य ४ सय ८७ मत सहित निर्वाचित भएका हुन् ।
शनिवार भएकाे निर्वाचनमा वैद्यका प्रतिस्पर्धी राजन मानन्धरले ४ सय ५७ र बसन्त नारायण भोछिभोयाले १ सय १७ मत प्राप्त गरेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा रबिन्द्र बैदारले ६ सय ४३ मत सहित विजयी भएका छन् । बैदार राजन प्यानलका उम्मेदवार हुन् । बैदारका प्रतिद्वन्दी प्रताप प्यानलका उम्मेदवार ग्रुबेन तौजलेले ४ सय २ मत प्राप्त गरेका छन् ।
सुरेशभक्त भोछिभोयाले ५ सय १२ र उमेश रत्न शाक्यले ४ सय ५३ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् । सुरेश राजन प्यानल र उमेश वैद्य प्यानलका हुन् ।
महासचिवमा राजन प्यानका रजित पलाञ्चोके ५ सय ६९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी यश कुमार रञ्जितले ४ सय ६५ मत प्राप्त प्राप्त गरेका छन् । रञ्जित प्रताप प्यानका हुन् ।
कोषाध्यक्षमा प्रताप प्यानलका मानकाजी प्रधान विजयी भएका छन् । प्रधानले ५ सय २४ मत प्राप्त गरेका छन् भने राजन प्यानलका सुविन्द्र राजभण्डारीले ५ सय ४ मत प्राप्त गरेका छन् ।
मुख्य संयोजकमा ५ सय ६३ मत प्राप्त गर्दै राजन प्यानलका विज्ञान धौगोडा विजयी हुँदा प्रताप प्यानलका राजेश कुमार श्रेष्ठले ४ सय ६४ मत प्राप्त गरेका छन् ।
५ सय ७८ मत सहित सचिवमा प्रताप प्यानलका कृष्ण लाल श्रेष्ठ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी राजन प्यानलका श्री कृष्ण थापाले ४ सय ४९ मत प्राप्त गरेका छन् । सह–सचिवमा रामकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ५ सय ९४ मत ल्याउदा प्रताप प्यानलका सरोज काजी श्रेष्ठले ४ सय २८ मत प्राप्त गरेका हुन् ।सह–कोषाध्यक्षमा प्रताप प्यानलका श्याम कुमार भालु (मुनाल) ५ सय ४९ मत सहित विजयी हुँदा राजन प्यानलका राज कुमार श्रेष्ठले ५ सय ७ मत प्राप्त गरेका हुन् । सह–मुख्य संयोजकमा राजन प्यानलका रवि तौजलेले ५ सय ३० मत सहित विजयी भएका हुज् । उनका प्रतिद्वन्दी प्रताप प्यानलका भिम प्रसाद आचार्यले ५ सय १० मत प्राप्त गरेका हुन् ।
यस्तै, निर्दोष पलाञ्चोकेले ६ सय ४४, रहदेव पोटेले ५ सय ७५, रोसन खुप्पा श्रेष्ठले ५ सय ७४, सुमन चौ प्रधानले ५ सय ५६, गौतम मानन्धरले ५ सय ३१, सुजन मानन्धरले ५ सय २३, नरेस राज कायष्ठले ५ सय २१, रजेन्द्र पसछेले ५ सय १८, राजन बहादुर ढकालले ४ सय ९१ र हरिस चन्द्र अधिकारीले ४ सय ८७ मत प्राप्त गरि कार्य समिति सदस्य खुल्लामा विजयी भएका छन् ।
३८ जना कार्य समिति मध्ये ३५ सदस्यका लागि शनिवार निर्वाचन भएको थियो । कार्य समितिमा ७१ जनाको उम्मेदवारी परेको थियो र ती मध्ये ६ जना निर्विरोध निर्वाचित भएका थिए ।
१२ सय ५१ मतदाता रहेको काभ्रे उद्योग वाणिज्य संघको निर्वाचनमा ११ सय १२ मत खसेकाे थियाे ।
संघको ४२ औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शनिवार उद्घाटन गरेका थिए ।