गृहमन्त्रीले गरे पनाैतीमा निर्माणाधिन पुलिस एकेडेमीकाे निरीक्षण

पनाैती । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगर नगरपालिकामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले निरीक्षण गरेका छन् ।

आईतवार एकेडेमीको निरिक्षण गर्दै गृहमन्त्री लामिछानेले सुविधा सम्पन्न एकेडेमी निर्माणले प्रहरीमा उच्च मनोबल बढ्नुका साथै काम कारवाहीमा समेत प्रभाव पार्ने बताएका छन् ।

गृहमन्त्री लामिछानेले सिमित श्रोत साधनकावीच पनि नेपाल प्रहरीले गरेको कार्य आफैमा प्रशंसा योग्य रहेको भन्दै यसले सम्पूर्ण प्रहरी सेवालाई नै सकारात्मक प्रभाब पार्ने बताए । उनले प्रहरी फोर्सलाई राम्रो तालिम दिन श्रोतसाधनले सम्पन्न तालिम केन्द्र हुनुले प्रहरीको प्रस्तुतिमा प्रभाव पार्ने बिचार व्यक्त गरेका छन् । यसलाई समयमै सक्न सकेमा अझ बडी उदाहारण हुने भन्दै जहाँ समास्या छ ति समस्याहरु हल गरेर तोकिएकै अवधीमा सक्नका लागी नेपाल सरकारको तर्फबाट के के गर्नु पर्ने छ त्यो गरीने उनले बाचा गरेका छन् ।

भारत सरकारकाे सहयाेगमा पनौती नगरपालिका वडा म्बर ६ मा ७ सय ३५ रोपनी जग्गामा निर्माणाधिन आधुनिक प्रहरी एकेडेमी १० अर्ब रुपैयाँको लागतमा बन्न लागेकाे हाे ।