ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनल प्रवेश

कतार । फिफा विश्वकप अन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै क्रोएसिया सेमिफाइनल प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटमा कुनै पक्षबाट गोल हुन नसकेपछि एक्स्ट्रा मिनेटमा पुगेको खेलको पहिलो हाफमा नेमारले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाएको थियो । नेमारले विश्वप्रसिद्ध ब्राजिलका खेलाडी पेलेसँग ब्राजिलिएन टिमका लागि गरेको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेको हो ।

पुन: दोस्रो हाफमा क्रोएसियाका पेट्कोभिकले गोल गर्दै खेललाई १-१ को बराबरीको अवस्थामा ल्याएको हो । खेलको निर्णयका लागि पेनाल्टी सुटआउटमा पुगेको हो ।

क्रोएसियाले आज राति हुने अर्को अर्जेन्टिना र नेदरल्याण्ड बीचको खेलको विजेतासँग आगामी मंगलबार भिड्नेछ ।