विश्वकपमा क्रोएसिया भए तेस्रो, दुबै राष्ट्रले पाए तीन अर्ब पुरस्कार

कतार । फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको तेस्रो स्थानको खेलमा क्रोएसियाले मोरोक्कोलाई पराजित गर्दै ३ अर्ब पुरस्कार आफ्नो पक्षमा पारेको छ ।

खेलको ७औं मिनेटमा नै क्रोएसियाका जोस्को भार्डिओलले गोल गर्दै अग्रता दिलाएका थिए भने त्यसको २ मिनेट यानकी ९औं मिनेटमा मोरोक्कोका अह्राफ डारीले गोल गर्दै खेल १-१ को बराबरी गरेको थियो ।

खेलको ४२औं मिनेटमा क्रोएसियाका मार्को लिभाजाको पासमा मिस्लाभ ओर्सिकले गोल गर्दै पुन: क्रोएसियाले २-१ को अग्रता लिएको थियो ।

खेलको दोस्रो हाफमा कुनै पनि पक्षबाट गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक बन्न पुग्दा विश्वकपको तेस्रो स्थान क्रोएसियाले पक्का गरेको हो ।

खेल जितेसँगै क्रोएसियाले २७ मिलिएन अमेरिकन डलर यानकी नेपाली रूपैया ३ अर्ब ५७ करोड ८२ लाख ३६ हजार १८२ नगद पुरस्कार प्राप्त गर्नेछ भने पराजित मोरोक्कोले पनि २५ मिलियन अमेरिकन डलर यानकी नेपाली रूपैंया ३ अर्ब ३१ करोड ३१ लाख ८१ हजार ६४० नगद पुरस्कार पाउनेछ ।

भोलि हुने विश्वकप फाइनलमा डिफेन्डिनङ च्याम्पियन फ्रान्सको अर्जेन्टिनाले सामना गर्नेछ । विश्वकप जित्ने राष्ट्रले ४२ मिलियन अमेरिकन डलर र पराजित राष्ट्रले ३० मिलियन अमेरिकन डलर नगद पुरस्कार पाउनेछ ।

फाइनल खेल नेपाली समयानुसार राति ८:४५ बजे सुरू हुनेछ ।