नेपालमा पहिलाे पटक वेलडिङकाे आइएसओ तालिम तथा परीक्षा संचालन केन्द्र स्थापना
काभ्रेपलान्चोक । काठमाडौं विश्वविद्यालयकाे प्राविधिक तालिम केन्द्र र क्वाङ एम इस्किल डेभलपमेन्ट सेन्टर प्रालिवीच आइएसओ प्रमाणीकरणकाे तालिम तथा परीक्षा संचालन गर्ने सम्झौता भएकाे छ।
नेपालमा पहिलाे पटक ग्यास वेलडिङसंग सम्बन्धित आइएसओ प्रमाणीकरणकाे तालिम तथा परीक्षा संचालन गर्ने सम्झौता भएकाे हाे ।
तालिम, परीक्षा संचालन लगायत व्यवस्थापन सम्बन्धि सम्पूर्ण कार्य क्वाङ एम इस्किल डेभलपमेन्ट सेन्टर प्रालिले गर्ने शुक्रबार काठमाडौं विश्वविद्यालयमा आयाेजित पत्रकार सम्मेलनमा जनाईएकाे छ ।
आइएसओ प्रमाणपत्र लिन चाहने जाे काेहीले तालिम लिई परीक्षामा सामेल हुन पाउनेछन् । वेलडिङसंग सम्बन्धि अनुभव नभएकाहरूले कम्तीमा ६ महिना तालिम लिनुपर्नेछ भने साधारण वेलडिङकाे कम्तीमा एक वर्षको अनुभव भएकाहरूले एक महिना तालिम लिई परीक्षामा समावेश हुन सक्ने पत्रकार सम्मेलनमा बताईएकाे छ ।
ग्यास वेलडिङ सम्बन्धि तालिम दिई सहभागीहरूलाई आइएसओ प्रमाणीकरणसहित अन्तर्राष्ट्रियस्तरकाे जनशक्ति उत्पादन गर्ने क्वाङ एम इस्किल डेभलपमेन्ट सेन्टरले जनाएकाे छ ।
तालिममा २० देखि ६० वर्ष उमेर समुहका जाे काेही सहभागी हुन पाउने बताईएकाे छ ।
विश्वविद्यालय र क्वाङ एम इस्किल डेभलपमेन्ट सेन्टरवीच ५ वर्षे सम्झौता भएकाे छ ।