चौतारामा सञ्चालन भएको मोबाइल पत्रकारिता तालिम सम्पन्न
सिन्धुपाल्चोक । सञ्चार रजिष्ट्रारकाे कार्यालय बागमती प्रदेशकाे आयाेजना र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको समन्वयमा भएको मोबाइल पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ ।
विगत चार दिनदेखि चौतारामा सञ्चालन हुँदै आएको मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेशका २६ जना सञ्चारकर्मीहरू सहभागी थिए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रम सञ्चार रजिष्ट्रारकाे कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकाेटाकाे अध्यक्षतामा भएकाे थियाे । समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सापकोटाले पत्रकारिताले समाज, राजनीति, संस्कृति लगायत सबै क्षेत्रको सम्बोधन गर्ने भन्दै यसको सही सदुपयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।
यस्तै, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकाेटाले यस्ता तालिमले पत्रकारहरूकाे क्षमता वृद्धि हुने र पत्रकारीता समेत सहयाेग पुग्ने बताए ।
साथै, उनले कार्यालयले आगामी दिनमा बागमती प्रदेशमा क्रियाशिल पत्रकारहरूकाे लागि अन्य पत्रकारिता सम्बन्धि तालिम आयाेजना गर्ने बताए ।