असार २ मा तेस्रो ज्ञानकुञ्ज राेडरेस

काभ्रेपलान्चोक । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले “सफल जीवनका लागि अनुशासन र स्वास्थ्य, स्वास्थ्यको लागी खेलकुद र अनुशासन” भन्ने नाराका साथ तेस्रो ज्ञानकुञ्ज राेडरेस २०८० आयाेजना गर्ने भएकाे छ ।

ज्ञानकुञ्जले विगत २१ वर्षदेखि जिल्लाको व्यापारिक तथा साँस्कृतिक नगरी बनेपामा शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ।

असार २ गते शनिबार हुने तेस्रो ज्ञानकुञ्ज रोडरेस २०८० नेपालमै पहिलो पटक School to Olympic को नारा सहित एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुवीच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना गरिएकाे बिहीबार बनेपामा आयाेजित पत्रकार सम्मेलनमा जनाइएकाे छ।

रोडरेसमा छात्रा/छात्र दुबै विधा समावेश गरिएको छ छात्राहरुको रोडरेस ३ किलोमिटरको र छात्रको ७.५ किलोमिटरको हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन जेठ ३२ गतेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ ।