बनेपा नगरपालिकाले गर्यो जोखिममा संचार सम्बन्धि अभिमुखिकरण
बनेपा । जिल्लाकै पुरानो नगरपालिका बनेपाले जाेखिमको समयमा सही सूचनाको महत्वका बारेमा संचार सम्बन्धि अभिमुखिकरण तथा छलफल गरेकाे छ ।
शुक्रबार नगरपालिकाले जिल्लाका संचारकर्मीसँग जोखिम संचार सम्बन्धि अभिमुखिकरण तथा छलफल कार्यक्रम गरेकाे हाे । जाेखिमकाे समयमा सूचनाले भन्दा पनि हल्लाले प्रभाव पार्ने हुदाँ सहि सुचना दिनु पर्ने भन्दै नगरपालिकाले छलफल चलाएकाे हाे । स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महत्तोले सूचना र हल्लाले पार्ने प्रभावका बारेमा जानकारी गएका थिए ।
कार्यक्रममा बाेल्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले गलत सुचनाले छिटाे प्रभाव पार्ने र सकारात्मक टिप्पणीले भने सुधार ल्याउने हुदाँ हल्लाले राम्रो काम नगर्ने बताएका छन् । शाक्यले गलत सुचनाका कारण बदनाम हुने र काम गर्ने ईच्छा शक्ति पनि घटेर जाने भएकाले सही सूचनाले मात्र सार्थक विकासमा बल पुग्ने बताए । यस्तै, उपप्रमुख बीमला सापकोटाले अहिले लम्पी स्किनको रोगले किसान दोहोरो समस्यामा परेको र दूध उत्पादनमा गिरावट आएकाले बजारमा दूध खानु हुन्न भन्ने हल्लाका कारण किसान समस्या पारेको बताइन् ।
छलफलमा बनेपा नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामसुन्दर सापकोटाले लम्पी स्किन रोग मान्छेमा नसर्ने भन्दै दूध सेवन गर्न मिल्ने स्पष्ट पारेका छन् ।