विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको लगातार तेश्रो जित

भारत । भारतमा जारी पुरुषतर्फको आइसीसी वनडे विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको लगातार तेस्रो जित भएको छ ।

आज भएको तेस्रो खेलमा बंगलादेश विरुद्धको खेलमा न्यूजिल्याण्ड ८ विकेटको भारी अन्तरले जितेको हो ।

टस हारेर पहिल ब्याटिङ्ग आमन्त्रण पाएको बंगलादेशले मस्फीकर रहिमको ६६, मोहम्मद महमुदुल्लाहको अविजित ४१ र कप्तान साकिब अल हसनको ४० रनको मद्दतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४५ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि लकी फग्र्युसनले ३ र टे«न्ट बोल्ट र म्याट हेन्रीले २–२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा न्यूजिल्याण्डले ४२ ओभर ५ बलमा विजयलक्ष्य हासिल गरेको थियो । न्यूजिल्याण्डका लागि ड्यारिल मिचेलले अविजित ८९ र डेवन कोन्भेले ४५ रन बनाएका थिए भने कप्तान केन विलियमसनले ७८ बनाएका थिए ।

खेल सँगै न्यूजिल्याण्ड ६ अंकसँगै तालिकाको शीर्षस्थानमा रहेको छ । भोलि विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान र भारत भिड्दैछ ।