अष्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित
भारत । भारतमा जारी एकदिवसीय विश्वकप क्रीकेटमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ ।
आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले ४३ ओभर ३ बलमा २०९ रन बनाउँदा सबै विकेट गुमाएको थियो । श्रीलंकाको लागि कुशल परेराले ७८ र पाथुम निसंकाले ६१ रन बनाएका थिए भने अष्ट्रेलियाको लागि एडम जाम्पाले ८ ओभरमा १ मेडियन सहित ४७ रन खर्चेर ४ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा अष्ट्रेलियाका डेभिड वर्नर (११ रन) र स्तिभन स्मिथ (०) रनमा आउट हुँदा २४ रनमा २ विकेट गुमाएको थियो । अष्ट्रेलियाका लागि जोस इङ्लिसले ५८, मिचेल मार्सले ५२ र मार्नस लेबुस्चेनले ४० रनको योगदान दिएका थिए । श्रीलंकाका लागि दिल्सन मधुशंकाले ९ ओभरमा २ मेडियन सहित ३८ रन खर्चेर ३ विकेट लिएका थिए ।
जारी विश्वकपमा ३-३ खेल खेलेका अष्ट्रेलियाको यो पहिलो जित हो भने श्रीलंकाको लगातार तेस्रो हार हो ।
भोलि भारतको धर्मशाला स्टेडियममा नेदरल्याण्डले दक्षिण अफ्रीकाको सामना गर्नेछ ।