उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

चीन । बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सरिक हुन गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार मध्यराति अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ ।

श्रेष्ठलाई एक्कासि छातीमा समस्या आएपछि राति १ बजेतिर बेइजिङस्थित अस्पतालमा भर्ना गरिएको हो ।

श्रेष्ठको मुटुमा रक्तप्रवाह रोकिएपछि हाल स्टेन हालिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई अब दुई/तीन दिन अस्पतालमा राखिनेछ । त्यसपछि आईसीयूबाट भीआईपी कक्षमा सारिने जनाइएको छ । उनलाई बीआरएफमा सहभागी हुने अतिथिहरूका लागि निश्चित गरिएको ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस नामक एउटा अस्पतालमा भर्ना गरिएको हो । यो अस्पताल ग्रेट हल अफ द पिपुल्स नजीकै थ्यानआनमन आसपासमा रहेको छ ।

यसैबीच उपप्रधानमन्त्रीले बिहीबार बेइजिङमा गर्ने भनिएका भेटवार्ता रद्द गरिएको छ ।