उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’, बुधवार नेपाल फर्किने

सोमबार डिस्चार्ज हुँदै उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ । तस्विरः रासस

चीन । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

उनी बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिनको उपचारपछि ‘डिस्चार्ज’ भएका हुन् । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयघात भएको थियो ।

अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङमा रहेको नेपाली दूतावासप्रति आभार प्रकट गर्दै आफ्नो स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान नेपाल फर्कने छन् ।