विश्वकप क्रीकेट: अष्ट्रेलियाद्वारा न्यूजिल्याण्ड ५ रनले पराजित

धरमशाला । भारतमा जारी एकदिवसीय विश्वकप क्रीकेटमा आज अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ५ रनको झिनो अन्त्तरले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग आमन्त्रण पाएको अष्ट्रेलियाले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो । अष्ट्रेलियाको लागि ट्राभिस हेडले १०९ र डेभिड वार्नरले ८१ रन बनाएका थिए भने ग्लेन म्याक्सवेलले २४ बलमा ४१ र कप्तान प्याट कमिन्सले १४ बलमा ३७ रन बनाएका थिए ।

न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान ३-३ विकेट लिएका थिए भने मिचेल स्यान्तनरले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा न्यूजिल्याण्डको लागि रचिन रविन्द्रले ८९ बलमा ११६ रन र ड्यारिल मिचेलले ५१ बलमा ५४ रन बनाएका थिए । खेलको अन्तिम २ बलमा ९ रनको आवश्यक हुँदा न्यूजिल्याण्डका जेम्स निसम ३९ बलमा ५८ रन बनाउदा लेबुस्चेन र जोन इङ्गलिसको साझेदारी रनआउट हुन गए । अन्त्तत: खेलमा अष्ट्रेलियाले ५ रनले जित हात पारेको छ ।

अष्ट्रेलियाको लागि एडम जाम्पाले ३ विकेट तथा प्याट कमिन्स र जोन्स हेजवूडले समान २-२ विकेट लिएका थिए ।

आजै अर्को खेलमा बंगलादेशलाई नेदरल्याण्डले २३० रनको विजयलक्ष्य दिएको छ । खेल जारी छ ।

भोलि हुने खेलमा भारतले इङ्गल्याण्डको सामना गर्नेछ ।