काभ्रेको काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद
काभ्रेभञ्ज्याङ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त चेकिङका क्रममा अवैध रुपमा ल्याएको चिनी बरामद गरेकाे छ ।
बिहिवार बिहान १० बजे देखी ४:३० बजेसम्म काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका ९ स्थित काभ्रेभञ्ज्याङ चेक पोष्ट अगाडी नेपाल प्रहरी र ट्राफिक सहितको संयुक्त चेकिङ गर्दा पुर्वको बिभिन्न स्थानबाट आएको बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा उक्त चिनी बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएकाे छ ।
अन्दाजी ३३ वटा बोरामा अवैध रुपमा लुकाई छिपाई ल्याएको अन्दाजी १० क्विन्टल (१००० के. जि.) बराबरको चिनि बरामाद गरि आवश्यक अनुशान्धान भईरहेको प्रहरीले जनाएकाे छ ।