पनौतीको प्राचिन स्मारक संरक्षण गर्न अन्तक्रिया

पनौती । पनौती नगरपालिकाले “प्राचिन स्मारक संरक्षण र प्रबर्द्धनमा स्थानीय नगरवासीहरूकाे दायित्व र भूमिका” विषयक अन्तक्रिया कार्यक्रम गरेकाे छ ।

शुक्रबार पनौतीमा आयोजित उक्त “प्राचिन स्मारक संरक्षण र प्रबर्द्धनमा स्थानीय नगरवासीहरूकाे दायित्व र भूमिका” समुदाय स्तरमा बृहत अन्तर्क्रिया कार्यक्रममा पनौती क्षेत्रको पुरातात्विक ऐतिहासिक महत्वका विषयमा बहस भएको थियो ।

पनौती क्षेत्रको पुरातात्विक ऐतिहासिक महत्वका विषयमा जर्गेना सहित समुदाय स्तरमा स्थानीयको भूमिकाकाे विषयमा बहस भएको कार्यक्रममा विज्ञ रविन्द्र पुरी, विधु प्रकाश कायष्थ र डा. सुरेस सुरस श्रेष्ठले विश्वसम्पदा सूचिमा सुचिकरण गर्नु अघि र पछिको समयमा स्थानीय समुदाय तथा स्थानीय सरकारका दायित्वहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

प्रस्तुतिकरणका क्रममा उनीहरूले सूचिकरण प्रकृया विवादरहित हुनुपर्ने भन्दै मौलिकता ऐतिहासिकता समेत मेटिन नदिइ परम्परागत मौलिकता संरक्षणमा स्थानीय समुदायले जिम्मेवारीका रुपमा लिनुपर्ने बताए । साथै, ऐतिहासिक तथा पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सुचिकरणदेखि त्यसको निरन्तरतासम्म स्थानीय सरकार र स्थानीय पालिकाको नै भूमिका बढि रहने बताएका थिए ।

उस्तै, नगरप्रमुख रामशरण भण्डारीले आदिमकालिन संस्कृति बोकेको पनौती नगरको मौलिकता संरक्षण गर्नु सबैको दायित्व रहने भन्दै विज्ञ जानकारहरुको सल्लाहबाट नै सम्पदाको संरक्षण गरिने बताए । भण्डारीले प्रत्यक्ष देखिने र लुप्त गरी दुई किसिमका सम्पदा रहने उल्लेख गर्दै यी सबैको संरक्षणमा सबैको उत्तिकै दायित्व रहने बताएका छन् ।