काभ्रेका ३ विद्यालयमा एसओएसकाे आईसिटीमा साझेदारी परियाेजना
बनेपा । एसओएस बालग्राम नेपाल काभ्रेले स्थानीय सामुदायिक बिद्यालयहरूको सूचना, सञ्चार तथा प्रविधिमा क्षमता अभिबृद्धिको सन्दर्भमा साझेदारी परियाेजना संचालन गरेकाे छ । एसओएसले साेही सन्दर्भमा हालसम्मको सिकाई उपलब्धि बारे अन्तर्क्रिया गरेकाे छ ।
शुक्रबार बनेपामा आयाेजित कार्यक्रममा सामुदायिक विद्यालयहरुको सूचना, संचार तथा प्रविधीमा क्षमता अभिबृद्धीको सन्दर्भमा उपलब्धीका साथै सिकाई सम्बन्धि जानकारी दिदैं डिजिटल डिभाईसका अवरोधहरु तोड्दै विद्यार्थीहरुको सिकाईमा प्रभावकारी बनाउन गरीएका प्रयासहरूका बारेमा जानकारी गराईएकाे थियाे ।
कार्यक्रममा बाल्दै एसओएस बालग्रामका कार्यक्रम संयोजक उपेन्द्र मल्लले आईसिटीमा आधारभुत शिक्षाले विद्यालय, शिक्षक र विद्यार्थीहरुको क्षमतामा बृद्धी भएको बताएका छन् । उनले काभ्रेका ३ विद्यालयमा साे सम्बन्धि कार्यक्रम संचालन गरेकाे समेत बताए । यस्तै, परियोजना संयोजक रोशनी सिलवालले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई प्रविधिबाट अध्ययन गराउँदा अपनाउनु पर्ने सुरक्षा, प्रविधिको ज्ञान र सिप तथा सिकाईलाई साे कार्यक्रमबाट प्रभावकारी भएको बताईन् । उनले परियाेजना अन्तर्गत ३ वटा विद्यालय र विद्यार्थीलाई गरि २० वटा ल्यावटप,१ हजार १० वटा ट्याबलेट, तीन वटा स्मार्ट बोर्ड र १८ महिनाको इन्टरनेट समेत उपलब्ध गराई विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाएको बताईन् ।
कार्यक्रममा ३ वटा विद्यालयका प्रधानाध्यापक तथा फोकल पर्सनहरु आफ्नाे प्रस्तुतिकरण दिदैं कार्यक्रम प्रभावकारी भएको बताएका छन् । उनीहरूले विद्यार्थीहरुको सिकाईमा समेत फरक आएको र विद्यार्थीहरुकाे विद्यालयमा उपस्थितिमा समेत अभिबृद्धि भएकाे बताए ।
सामुदायिक विद्यालयहरुको सूचना, संचार तथा प्रविधीमा क्षमता अभिबृद्धी सम्बन्धि उक्त कार्यक्रम पनौतीको शान्ति निकेतन माध्यमिक विद्यालय, बनेपाको गणेश भारती विद्यालय र एसओएस बालग्राम श्रीखण्डपुरमा संचालन भईरहेकाे छ ।