बनेपामा बृहत काभ्रेपलानञ्चोक कृषि महोत्सव हुने
बनेपा । आगामी फागुन ४ गतेदेखि बनेपामा ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८०’ हुने भएको छ ।
फागुन ४ गतेबाट ३ दिनसम्म बनेपास्थित करूणा मार्गमा सञ्चालन हुने ‘बृहत काभ्रेपलानञ्चोक कृषि महोत्सव’ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चाेकको संयोजन, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक समन्वय तगा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापनमा जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा हुन लागेकाे हाे ।
काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बृहत कृषि महोत्सव गर्न लागिएको मुल समारोह समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चाेकका प्रमुख दिपक कुमार गौतमले मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
महोत्सवमा अन्नबाली, नगदेबाली, फलफुल, तरकारी, च्याउ, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहनेछन् । महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको छ ।
कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी मार्फत कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, दर्शक।कृषकहरुलाई समेत नयाँ तथा उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृटताको आधारमा कदर गर्दै सम्मान गर्ने महाेत्सवकाे उद्देश्य रहेकाे जनाईएकाे छ ।
महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ ।