बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवकाे उद्घाटन राष्ट्रपतिबाट हुने

बनेपा । आगामी फागुन ४ गतेदेखि ४ दिनसम्म संचालन हुने ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८०’ को उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ ।

राष्ट्रपति पौडेलले फागुन ४ गते १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यतालिका रहेको मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले जानकारी दिएका छन् । बनेपा नगरपालिका वडा जम्बर ८ करुणामार्ग क्षेत्रमा हुने साे महाेत्सव फागुन ४ गते देखि ७ गते सम्म चल्ने छ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको संयोजनमा हुने बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवमा कृषिका नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्वन्धि सेमिनार, सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि बिमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि स्टलहरु, रैथाने परिकार, हस्तकला एवं होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु रहने जनाईएकाे छ ।

१ करोड १५ लाख खर्च हुने अनुमान गरिएको महोत्सव संचालनका लागि मूल आयोजक समिति लगायत अन्य विभिन्न उपसमितिहरु निर्माण गरिएका छन् ।