पूर्व पिएलए महिला प्रतिष्ठानद्वारा १३ वटै पालिकाका महिलालाई तालिम
बनेपा । पूर्व पिएलए महिला प्रतिष्ठान नेपाल काभ्रे शाखाले काभ्रेपलानञ्चोक जिल्लाकाे १३ वटै स्थानीय तहका महिलाहरूलाई मुढा बनाउने तालिम दिएकाे छ ।
सामाजिक विकास मन्त्रालयकाे सहयाेगमा प्रतिष्ठानले ७ दिने मुढा बनाउने सिप विकास तालिम संचालन गरेकाे हाे । तालिममा जिल्लाकाे १३ वटै स्थानीय तहका गरि जम्मा २० जनाकाे सहभागी रहेकाे थियाे ।
बिहिवार बनेपामा तालिमकाे समापन कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्र काभ्रेका सचिव दैबलाल घिसिङले प्रतिष्ठानले संचालन गरेकने ७ दिने मुढा बनाउने सिप विकास तालिमले महिलाहरूलाई स्वराेजकारकाे लागि सहजिकरण हुने भन्दै आय आर्जनमा जाेड्न समेत मद्दत पुग्ने बताए । उनले तालिममा लिईएकाे ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेकाे बताएका छन् ।
उनले थपे- यसले क्षमता विकासमा ठूलाे भुमिका खेल्नेछ । सीप जति प्रयाेग गर्यो त्यति नै बढ्दै जाने हाे । ७ दिनसम्म तालिममा सिकेकाे सिपलाई स्वराेजगार हुँदै सानाे व्यवसाय र त्यही सानाे व्यवसाययबाट ठूलाेमा परिणात गर्नु पर्नेमा जाेड दिए ।
कार्यक्रममा बाेल्दै प्रतिष्ठानकी अध्यक्ष सुन्तली थिङले तालिमले महिलालाई अगाडि बढ्न सहयाेग पुग्ने बताएईन् । उनले हिजाे महिला व्यवस्थाले पछाडी परेकाे र अहिले अवस्थाले पछाडी परेकाे भन्दै अहिलेकाे याे तालिममा जिल्लाका १३ वटै पालिकाका महिलाहरूलाई मुढा बनाउने तालिममा जाेडेकाे बताईन् । उनले भन्निन याे तालिमले महिलालाई सिप विकासमा सहयाेग पुगेकाे छ र तालिममा सहभागीहरूले व्यवसायीकरूपमा यसलाई अगाडि बढाउन चाहेकाे खण्डमा प्रतिष्ठानले आवश्यक सहयाेग र समन्वय गर्ने प्रतिबद्धता समेत गरेकि छिन् ।
यस्तै, तालिममा सहभागी सुनिता न्याैपानेले घरमा वेराेजगार बसेका महिला दिदी बहिनीरूलाई राेजजार बनाउन सहयाेग गरेकाेमा आयाेजकलाई धन्यवाद दिदैं आगामी दिनमा बजार केन्द्रीत तालिमकाे आयाेजना गर्नु पर्ने र यसका साथै अन्य तालिमहरूकाे पनि अपेक्षा गरेकाे बताईन् । न्याैपानेले ७ दिने मुढा बनाउने सिप विकास तालिमले सहभागीहरूलाई राेजगार बनाउन प्राेत्साहन गरेकाे समेत बतनईन् ।