धुलिखेल अस्पतालको बालरोग विभागको भवन उद्घाटन
धुलिखेल । धुलिखेल अस्पतालको बालरोग विभागको भवनकाे उद्घाटन भएकाे छ ।
नवनिर्मित बालरोग विभागको नयाँ भवनकाे बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिंहले उद्घाटन गरेका हुन् ।
अस्पतालले नवजात सघन उपचार केन्द्र (एनआईसीयू), बाल सघन उपचार केन्द्र (पीआइसीयू) सञ्चालन गरिरहेको प्रा.डा. श्रृजना डंगोलले बताईन् । अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बालबालिकाका लागि पेडियाटिक सेवालाई थप सहज र प्रभावकारी बनाउन नवनिर्मित भवनले सहयोग पुर्याउने अस्पतालले जनाएकाे छ ।