दुधको भुक्तानी नपाएको भन्दै काभ्रेका किसानले गरे चक्काजाम
बनेपा । काभ्रेपलाञ्चोकका किसानहरूले बनेपामा चक्काजाम गरेका छन् ।
समयमानै दुधको भुक्तानी नपाएको तथा गुणस्तरिय दूध बिक्रिमा समस्या भएको भन्दै उनीहरूले बिहिवार बनेपाकाे चारदाेबाटाेमा शान्तिपूर्ण चक्काजाम गरेका हुन् ।
दुग्ध क्षेत्रमा देखिएका भुक्तानी लगायतका समस्या समाधानका लागि केन्द्रीय दुग्ध सहकारी संघद्वारा घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत काभ्रे जिल्ला दुग्ध सहकारी संघको अगुवाईमा बनेपाकाे चारदाेबाटाेमा शान्तिपूर्ण चक्काजाम गरेका हुन् ।
काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ तथा विभिन्न राजनितिक दल सम्बद्ध किसान सञ्जालकाे आयोजनामा भएकाे शान्तिपूर्ण
चक्काजाममा नि:शुल्क दुध वितरण गरेका थिए ।