लिनकाे २३ औं वार्षिकोत्सब, ४४ खेलकुदका विद्यामा २ सय ९९ गोल्ड मेडल वितरण
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाकाे बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।
वार्षिकोत्सव तथा अभिभावक दिवस निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (याब्सन)का केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हाे ।
कार्यक्रममा विद्यालयले संचालन गरेको अतिरिक्त क्रियाकलाप, सांस्कृतिक कार्यक्रम, साप्ताहिक परीक्षा, खेलकुद गतिविधि लगायतका कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै खेलकुद प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमको आयोजना गरेर विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएकाे हाे । सोहि अवसरमा विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेकाे थियाे ।
लिन इन्टरनेशनल स्कुलले एक शैक्षिक सत्रमा ४४ वटा खेलकुदका विद्याहरुमा सहभागि विद्यार्थीहरुका लागि २ सय ९९ वटा गोल्ड मेडल वितरण गरिएकाे गियाे । विद्यालयले गठन गरेका चारवटा समुह रातो, पहेलो, हरियो र निलो मध्ये यो वर्ष हरियो समुह उत्कृष्ट भई ट्रफि र ५० हजार नगद पुरस्कार प्राप्त गरेको उनले बताए । साथै, यस वर्ष हरियो समुहमा सहभागि विद्यार्थीहरुले धेरै मेडलहरु जितेर उत्कृष्ट भएका थिए ।
कार्यक्रममा बाेल्दैं प्रमुख आतिथि प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठले विद्यालयहरुका चुनौती, बालबालिकाहरुको सिकाई अवस्था र विद्यालय संचालकहरुले आगामी दिनमा खेल्नु पर्ने र विद्यालयहरूले यस खाले कार्यक्रमहरूकाे आयाेजनाल गर्नाले विद्यार्थीहरूमा प्रेत्साहन पुग्ने बताए ।
यस्तै, प्याब्सनका काभ्रे अध्यक्ष श्याम भुजेलले विभिन्न प्रतियाेगीताहरूमा पुरस्कार पाउने विद्यार्थीहरूलाई बधाई दिदैं अहिले पुरस्कार नपाउने विद्यार्थीहरूलाई थप प्रगति र मेहनत गर्न र भाग्यमा नभई मेहनतमा विश्वास गर्नु पर्ने बताए ।
कार्यक्रममा नीजि गुठीका सरोज न्यौपाने, प्याब्सन बनेपाका नारायण जोशी, अखलि नेपाल शिक्षक संगठनका बागमती प्रहरीदेश का पुर्व अध्यक्ष दुर्गा सिं तामाङ, काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष चेत बहादुर लामा लगायतकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रस्तुतीहरू प्रस्तुत गरेका थिए ।
शिक्षक दिपक तामाङले संचालन गरेको कार्यक्रम विद्यालयका निर्देशक कृष्ण भण्डारी शिशिरको अध्यक्षतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा निर्देशक भण्डारीले विद्यार्थीहरूलाई आवश्यक पर्ने र प्राेत्साहनका निम्ति विद्यालयले जसताेसुकै कार्यक्रम लगायतका क्रियाकलाप गर्ने बताए । यस्तै, विद्यालयका प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासको लागि गर्नुपर्ने दायित्वलाई प्राथमिकता दिएको बताएका छन् । त्यससंगै विद्यार्थीहरुलाई विद्यालयहाताभित्र मात्रै नभएर बाहिरका गतिविधिमा संलग्न भएर हासिल गरेका प्रगतीको समेत सम्मान गरेर पुरस्कार वितरण गरी विद्यार्थीहरुको ज्ञानको विकासमा टेवा
पुर्याउने काम गर्दै आएको श्रेष्ठले बताए ।