मंगलटारमा स्वास्थ्य शिविर

मंगलटार । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका ९ मंंगलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शुक्रवार महाशिबरात्री र अन्तरास्ट्रिय नारी दिवसको अवसरमा भएको स्वास्थ्य शिविरमा १७५ जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।

रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिन्कोट अस्पतालको प्राविधिक सहयोगमा भएकाे एक दिने निःशुल्क शिविर रोशी ९ मंगलटार स्थित मंगलटार स्वास्थ्य चौकीमा भएको थियाे । मंगलटार स्वास्थ्य चौकीका प्रमुख निशा बरालका अनुसार सामान्य उपचार ६७ जना, स्त्रीरोग ५१ जना, भिआईए सेवा २६ जनाले, हाडजोर्नी ९७ जनाले र सामान्य सर्जरी १६ जनाले सेवा लिएका छन् ।

शिविरमा रोशी गाउँपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११ र १२ र तेमाल गाउँपालिकाको वडा नम्बर ८ लगायतका स्थानीयले सेवा लिएका थिए । शिविरमा निशुल्क औषधी वितरण गरिएकाे थियाे ।

सोही अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएकाे थियाे । रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष लगायत १२ जनाले रक्तदान गरेका थिए ।