धुलिखेलमा भएकाे सञ्चार रजिष्ट्रारको तालिम समापन

धुलिखेल । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेकाे अनलाइन तथा मोबाइल पत्रकारिता तालिम समापन भएको छ ।

मंगलवारदेखि सञ्चालन भएकाे तालिम शनिवार समापन भएको हाे । बागमती प्रदेशभित्र क्रियाशिल पत्रकारको क्षमता विकास गर्ने उद्धेश्यले सञ्चार रजिष्ट्रारको कार्यालयले तालिम आयोजना गरेकाे हो ।

समापन कार्यक्रममा बाेलदै बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले आगामि दिनमा अहिले प्राप्त गरेकाे ज्ञानलाई विकास गर्न अर्को तालिमको आयोजना गरिने बताएका छन् । तालिममा सहभागी पत्रकारहरुलाईआफुले सिकेको कुरा व्यवहारमा देखिने गरी काम गर्न आग्रह समेत गरेका छन् ।

दुवै विधाका तालिममा बागमती प्रदेशमा क्रियाशिल २२/२२ जना पत्रकारहरूको सहभागीता रहेको थियो ।