निबन्ध प्रतियाेगितामा प्रथम हुनेलाई ५१ हजार पुरस्कार
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा रहेकाे सामाजिक जागरण मञ्चले खुल्ला निबन्ध प्रतियाेगिता २०८१ गर्ने भएकाे छ ।
मानव समुदायलाई जागरुक र चेतनशील बनाई असल र उन्नत जिवनयापन गर्न सघाउ पुर्याउने उद्देश्यले २०५९ सालमा तत्कालीन वडा नम्बर ७ धुलिखेल नगरपालिकामा स्थापना भएकाे सामाजिक जागरण मञ्चले मगंलवार बनेपामा पत्रकार सम्मेलन गर्दै ‘हिजो, आज र भोलिको धुलिखेल’ शिर्षकमा आयाेजना हुन लागेकाे खुल्ला निबन्ध प्रतियोगिताबारे जानकारी दिदैं निबन्ध प्रतियाेगितामा प्रथम हुनेलाई नगद ५१ हजार पुरस्कार दिने बताएकाे छ ।
संस्थाले कृष्ण सुन्दर थापाकाे संयाेजकत्वमा देवकृष्ण श्रेष्ठ, रामगाेपाल घले, विदुर बस्नेत र दयाराम महत सदस्य रहेकाे निबन्ध प्रतियाेगिता आयाेजक समिति गठन गरेकाे संस्थाका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।
प्रतियाेगिता सम्बन्धि थप जानकारी:
प्रतियोगिताको उद्देश्यः
समाजमा रहनु भएका बौद्धिक वर्गहरुलाई एउटै थलो र विषयमा समावेश गरी खुल्ला प्रतियोगिता मार्फत निबन्ध लेखन आयोजना गरी काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम तथा पर्यटकीय नगरी धुलिखेल नगर पालिकाको विगत, वर्तमान र भविष्यको सेरोफेरोमा रही लेखहरु तयार गरी आगामी दिनको लागि एउटा दस्तावेजको रुपमा राख्न सहयोग गर्ने।
प्रतियोगिताको लक्ष्यः
खुल्ला निवन्ध प्रतियोगिता मार्फत बौद्धिक वर्गमा रहेका विचारहरुलाई लेखनमार्फत विगतमा रहेको अवस्थालाई मनन गर्दै वर्तमानमा भई गरेको कार्यबाट थप शिक्षा लिंदै आगामी दिनमा स्वस्थ, सुन्दर र रमणीय धुलिखेलको परिकल्पना सहित विकास निर्माणको खाका तयार पारी सम्वन्धित निकायलाई टेवा पुर्याउने ।
लाभान्वित समुदायः
निबन्ध लेखनमार्फत प्राप्त हुने संभावना सहितको कार्यदिशा, परिकल्पना मार्फत धुलिखेलको निर्माण गर्न सकिएको अवस्थामा पहिलो लाभान्वित धुलिखेल नगरबासी नै रहने कुरामा दुईमत छैन । साथै यसको अलावा यस धुलिखेललाई हेरेर देशका अन्य स्थानका वासिन्दाहरुले पनि आफ्नो क्षेत्रको विकास कार्यलाई नमुनाको रुपमा लिई लाभान्वित हुन सक्नेछन् ।
निबन्ध लेखन सम्बन्धी नियमहरुः
• निबन्धको शीर्षकः ‘हिजो, आज र भोलिको धुलिखेल’ रहनेछ ।
• निबन्धको शब्दः निर्धारित शीर्षकभित्र रही ५,००० शब्दमा नबढाई लेख्नु पर्नेछ ।
• निबन्द संकलनः लेखकले संस्थाको Email: sajamunch@gmail.com मा pdf फाईलमा निवन्ध पठाउनु पर्नेछ ।
• शब्द छनौटः निबन्ध लेखनमा शब्द छनौट गर्दा कुनै पनि धर्म, भाषा, जातजाति, समुदाय, व्यक्ति, राजनैतिक दललाई लक्षित गरी अपाच्य एवं आघात पर्ने किसिमका शब्दहरुको प्रयोग गर्न पाइने छैन ।
• निबन्ध आइपुग्नु पर्ने मितिः मिति २०८१ असार १५ गते भित्र संस्थाको इमेलमा आइपुग्नु पर्नेछ । • निर्णायक समितिः आयोजकले ३ सदस्यीय निर्णायक समिति गठन गरी छनौटको सम्पूर्ण जिम्मेवारी प्रदान गरिने ।
• नतिजा घोषणाः प्राप्त निबन्धहरु मध्ये निर्णायकहरुबाट छनौट भई प्रतियोगितामा प्रमथ, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गरी विजयी हुनेहरुको नामावली मिति २०८१ असार २९ गते विशेष कार्यक्रमको आयोजना गरी घोषणाका साथै पुरस्कार वितरण गरिनेछ ।
• पुस्तक प्रकाशनः प्रतियोगितामा पुरस्कार प्राप्त गर्ने तथा अन्य स्तरीय निबन्धहरुलाई संकलन गरी पुस्तकको रुपमा प्रकाशित गरिनेछ ।
• अधिकारः निबन्ध छनौट, प्रकाशन, विक्री वितरण सम्बन्धी सम्पूर्ण अधिकार आयोजक संस्थामा रहनेछ ।
पुरस्कारको व्यवस्थाः
निबन्ध लेखन प्रतियोगितामा थप हौसला प्रदान गर्न तपसिल अनुसार पुरस्कारको व्यवस्था गरिएको छ ।
• प्रथम पुरस्कारः नगद ५१ हजार रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो । • दिद्धिय पुरस्कारः नगद ३५ हजार रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो ।
• दिद्धिय पुरस्कारः नगद ३५ हजार रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो । • तृतिय पुरस्कारः नगद २१ हजार रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो ।
• सान्त्वना पुरस्कार (२ जनालाई): जनही ५ हजार ५ सय रूपैयाँ, प्रमाण पत्र र मायाको चिनो ।
प्रतियाेगितामा सहभागी हुनलाई कुनै शुल्क नलाग्ने बताइएकाे छ ।